विद्यार्थीले कुन राशी भएकाहरुले कसरी पढ्ने ?

0

धेरै मेहनत गर्दा पनि भनेजस्तो नम्बर आएको छैन अथवा सफलता प्राप्ती भएको छैन भने मेहनतको साथमा सामान्य ज्योतिष तथा वास्तुको उपायले शिक्षाको क्षेत्रमा राम्रो प्रगति गर्न सकिन्छ।

मेष-मेष राशि हुनेहरुका लागि पुर्व दिशामा अध्ययन कक्ष राम्रो हुन्छ ।

वृष– वृष राशि हुनेहरुका लागि पुर्व र दक्षिण दिशामा अध्ययन कक्ष राख्दा राम्रो हुन्छ ।

मिथुन – यो राशिको मलिक बुध हो तसर्थ यी राशिका विद्यार्थी लाइ उत्तर पश्चिम कोण राम्रो हुन्छ ।

कर्कट– कर्कट राशिका लागि उत्तर दिशा राम्रो मानिन्छ।

सिंह- सिंह राशि भएका व्याक्तिको लागि पूर्व दक्षिण दिशा राम्रो मानिन्छ।

कन्याः यो राशिको लागि दक्षिण दिशा पढ्ने कोठा उचित हुन्छ ।

तुला- तुला राशि हुनेहरुका लागि पश्चिम दिशा पढ्ने कक्ष बनाउनु उत्तम हुन्छ ।

वृश्चिक-यो राशि हुनेहरुका लागि उत्तर पश्चिम दिशा राम्रो मानिन्छ ।

धनु -धनु राशि हुनेहरुका लागि उत्तर पुर्व दिशा राम्रो मानिन्छ ।
मकर– मकर राशि भएकाहरुका लागि दक्षिण पश्चिम कोण राम्रो हुन्छ ।

कुम्भ- यो राशि हुनेहरुका लागि पश्चिम दिशा राम्रो हुन्छ ।

मीन- मीन राशि हुनेहरुका लागि उत्तर दिशा उत्तम मानिन्छ ।
अब पढ्दा ध्यान दिनुपर्ने केहि टिप्सहरु पनि ।

पढ्नका लागि रात्री अबेर भन्दा ब्रह्ममुहूर्त यानीकी बिहानको समयमा पढेको कूरा धेरै समयसम्म मतिष्कमा रहिरहन्छ ।

कमजोर विद्यार्थीले ब्रह्मीबुटी अर्थात् घाेलटाप्रेकाे ताबिज बनाएर गलामा लगाउनाले फाइदा हुन्छ ।

यदि परीक्षाको समयमा आत्तिने बानि छ भने विद्यार्थीले दायांस्वर अथवा सूर्य स्वर चल्दा कठिन विषयको अध्ययन गर्नाले सहजता संग याद हूने गर्दछ ।

खुला झ्याल ढाेकाको समिपमा बसेर अध्ययन गर्न उचित हुदैन किनभने खुला ढाेका र झ्यालले गर्दा एकाग्रता खलबलिन सक्छ ।

विद्यार्थीले पूर्वउत्तर मूख गरेर बसेको छ भने उसलाइ सकरात्मक उर्जा प्राप्ती हुन्छ र पढाइमा मन लाग्ने हुन्छ ।

Leave A Reply

Your email address will not be published.