के हो मलमास ?

0

अधिकमासलाई पुरुषोत्तम मास वा मलमास पनि भनिन्छ । वैदिक परम्परा अनुसार नेपालको इतिहासमा छैटौ शताब्दीदेखि सोह्रौं शताब्दीसम्मका अभिलेख हेर्दा असार र पुस महिनामा अधिकमास हुने गरेको अध्येताहरु बताउँछन् । कुल ३६५ दिनको एक वर्षमा १२ महिना हुन्छ । सूर्यको गतिअनुसार गणना गरिने मासलाई सौरमास भनिन्छ भने, चन्द्रमासको गतिको आधारमा गणना गरिने मासलाई चन्द्रमास भनिन्छ । सामान्यतया सैरमासमा सक्रान्तिदेखि मसान्तसम्ममा २९ दिनदेखि ३२ दिनसम्मको एक महिना हुन्छ ।

चन्द्रमासमा एक पूणिर्मादेखि अर्को पूणिर्मासम्म २९ दिन १२ घण्टा ४४ मिनेट र २४ सेकेन्डको एक चन्द्रमास हुन्छ । त्यस्तै सौरमासको गणना अनुसार एक वर्षमा जम्मा ३६५ दिन हुन्छन् । चन्द्रमास अनुसार ३५४ दिनमात्र हुन्छ । यसरी गणना गर्दा ३२ महिना, १६ दिन, १ घण्टा र ३६ मिनेट पुगेपछि एक अधिकमासबाट अर्को अधिकमास पर्दछ । हरेक वर्षमा ११ दिनको फरकलाई जोड्दै जाँदा तीन वर्षमा एक महिना सौरमास भन्दा चन्द्रमास बढी हुन जान्छ ।

मलमास वा अधिकमास त्यस्तो कुनै अशुभ समय भने नभएको ज्योतिश शास्त्रीहरु बताउँछन् । वर्ष दिनलाई ठीकसँग मिलाउन मलमास र क्षयमास आउने गर्छन् । व्यवहारिक हिसाबले मलमास प्रायः असार महिनामा पर्ने भएकाले गाउँ घरका बुहारीहरुले मलमासका बेला माइत जाने अवसर प्राप्त गर्छन्, जसले गर्दा उनीहरुमा खुशी ल्याउँछ ।

Leave A Reply

Your email address will not be published.