कुन राशीका केटी सजिलै माया मा पर्छन ।

0
भनिन्छ प्रेम अपनत्वको भाव हो । प्रेम मजबूत स्नेहको एक भावना र व्यक्तिगत लगाव पनि हो । भनिन्छ प्रकृति प्रेमको खानी हो । चराचर जगत प्रेमले भरिपूर्ण छ, मात्र प्रेमलाई अनुभुति गर्न सक्नुपर्छ । विलियम सेक्सपियर भन्छन ‘प्रेम आँखाले होइन मस्तिष्कले गर्छ’ । डा. सेउस भन्छन ‘तिमी जब रातमा निदाउन सक्दैन, त्यतिबेला तिमी प्रेममा हुन्छौ, किनकि अन्तत: तिमीलाई सपनाभन्दा वास्तविकता सुन्दर लाग्न थालेको हुन्छ । जानौ कुन राशिका केटी प्रेममा चाँडो पर्छन् भन्ने कुराको जानकारी।

मेष राशि
मेष राशिका केटीहरुलाई उनीहरुको हरेक कुरामा ओके भन्ने केटाहरु मनपर्छ भन्ने पनि छैन । उनीहरुलाई मनाउनको लागि ट्रिक चाहिन्छ । यसको मतलब मेष राशिका केटीहरुलाई आफ्नो प्रेममा पार्न आईडिया चाहिन्छ । तर त्यो त्यति सजिलो छैन।

बृष राशि
बृष राशिका केटीहरु सुन्दर हुन्छन् । यस राशिका केटीहरु साथमा रहन कुरा गर्न मन पराउँछन् र अनुभवी पनि हुन्छन् । तर उनीहरुलाई बुझ्न भने गार्हो पर्छ । यस राशिका केटीहरुलाई प्रेममा पार्न अलि मुस्किल हुन्छ ।

मिथुन राशि
मिथुन राशिका केटीहरु खुला ह्रृदयका हुन्छन् । यिनीहरुको कुरा गर्ने तरिका निकै नै राम्रो हुन्छ । यो राशिका केटीहरुलाई सबैले मन पराउँछन् । तपाँई मिथुन राशि भएकी केटिलाई मन पराउँदै हुनुहुन्छ वा प्रपोज गर्दै हुनुहुन्छ भने तपाँई पनि खुला मन भएको हुनुपर्छ ।

कर्कट राशि
कर्कट राशिका केटिहरु धेरैजसो घुलमिल गर्दैनन् । यिनीहरु आफैँ अनुमान लगाउने खालका हुन्छन । यदि आफुलाई मनपर्ने कुनै कर्कट राशिका केटी भए तपाईले होसियारी अपनाउनुपर्ने हुन्छ, यदि यसो भएन भने तपाईको कुरो बिग्रिन सक्छ ।

सिंह राशि
सिंह राशिका केटीहरु जहिले पनि अरुमाथि आफ्नो शासन चलाउन चाहान्छन् । यिनीहरु अरुभन्दा अलि घमण्डी हुन्छन् । यिनीहरु हरेक ठाँउमा आफ्नो छुट्टै पहिचान बनाउँछन् र सबैको नजरमा परेका हुन्छन् । सिंह राशिका केटीहरुलाई ईम्प्रेस पार्न त्यति सजिलो छैन, यदि सिंह राशिका केटी तपाईको प्रेममा छन् भने उनिहरु सधैँ डिमान्डिङ्ग हुन्छन् ।

कन्या राशि
कन्या राशिका केटीहरु बढि सिद्धान्तबादी हुन्छन् । यस राशिका केटीहरु धेरै घरेलु हुन्छन्, यिनीहरुलाई साथी बनाउन सजिलो छैन र यिनीहरुलाई बुझ्न पनि समय लाग्छ ।

तुला राशि
तुला राशिका केटीहरु सर्बगुण सम्पन्न हुन्छन् । ज्योतिषका अनुसार यिनीहरुलाई एक फरक किसिमको केटाहरु चाहिन्छ । यिनीहरुलाई तारिफ गरेको मनपर्छ । यो राशिका केटीमाथी प्रभाव पार्न तपाई एकदम समझदार हुनुपर्छ ।

बृश्चिक राशि
बृश्चिक राशिका केटीहरु त्यति रिसाहा हुदैनन् तर भावुक पनि हुदैनन् । यदि तपाई कोही बृश्चिक राशिको केटीलाई मनपराउनु हुन्छ भने उसलाई कहिल्यै बेवास्ता गर्नुहुदैन ।

धनु राशि
धनु राशिका केटीहरुलाई घुम्न एकदमै मनपर्छ । यस राशिका केटीहरुलाई हिम्मतवाला केटाहरु एकदम मनपर्छ र दिक्कलाग्दो मान्छेहरुसँग टाढा नै रहन चाहान्छन् । धनु राशिका केटीहरुमाथी प्रभाव पार्नको लागी तपाईको गोजीमा पैसैपैसा हुनुपर्छ ।

मकर राशि
मकर राशिका केटीहरु एकदमै स्वाभिमानी हुन्छन् । यिनीहरु आफ्नो काम आफैँ गर्न मन पराउँछन् । मकर राशिका केटीहरु सामान्यतया शान्त स्वभाबका हुन्छन् तर मायाप्रेमको मामलामा खासै चासो राख्दैनन् । उनीहरु कुनै प्रेम सम्बन्धमा पर्नुभन्दा पहिला आफ्नो र आफ्नो हुनेवालाको बारेमा एकदमै सोच्दछन् ।

कुम्भ राशि
कुम्भ राशिका केटीहरु समझदार हुन्छन् । यदि तपाई अलिकति समझदार हुनुभयो भने तपाईलाई कुम्भ राशिको केटीलाई ईम्पे्रस पार्न कुनै अप्ठ्यारो हुने छैन ।

मीन राशि
मीन राशिका केटीहरु एकदम रोमान्टिक हुन्छन् र छिट्टै मायापे्रममा पर्छन् । यस राशिका केटीहरुलाई ईम्पे्रस गर्न त्यति गाह्रो पर्दैन । मीन राशिका केटीहरुलाई सपनाजस्तो मायापे्रम मनपर्छ र केटाको लागी यस्तो मायाप्रेम कुनै ठुलो कुरै भएन होईन त

 

Leave A Reply

Your email address will not be published.