सामान्यतया देहायका अवस्थालाई मात्र कालसर्पयोग मान्नु पर्ने पर्दछ :

0

सबै ग्रहहरू राहु र केतुको बीचमा एकापट्टी मात्र रहेको वा परेको हुनु पर्दछ । यसबारेमा भनिएको पनि छ ­-

अग्रे राहुरधः केतुः सर्वे मध्यगता ग्रहाः । योगोयं कालसर्पाख्यो शीघ्रं तं तु विनाशयेत् ।।

अथवा
अग्रे राहुः पृष्ठे केतुरन्तरस्थाः नवग्रहाः । कालसर्पो भवेद्योगो वंशनाशो भवेद् ध्रुवम् ।।[४]

 यदि सबै ग्रहहरू वा केही ग्रहहरू राहु वा केतुका साथमा रहेको भएमा पनि अंशात्मक रूपमा राहु र केतुको बीचमा सबै ग्रहहरू परेकै हुनुपर्दछ ।

 राहुबाट आठौंमा शनि परेमा पनि कालसर्पयोगको फल लागू हुन्छ ।

 चन्द्रमाबाट आठौं राहु वा केतु परेमा पनि यस्तै फल प्राप्त हुन्छ ।

कालसर्पयोगको फलका बारेमा चर्चा गर्दा, कुनै एउटा ग्रह राहु वा केतुको घेरा बाहिर परे पनि त्यसलाई आंशिक कालसर्पयोग भनेर व्याख्या गर्ने गरेको पाइन्छ । तर वास्तवमा त्यस्तो बाहिर परेको ग्रहले कालसर्पयोगको फल दुःखद बनाँउनबाट जोगाँउदछ । अतः यस किसिमको योग बनाएर बाहिर परेको ग्रहलाई पाश्चात्य ज्योतिषीहरू उपचारक वा बचाउने ग्रह (Saving Planet) l भन्ने गर्दछन् ।

राहु र केतुको गति सदैव उल्टो देखिने हुनाले लग्नमा राहु भएको अवस्थामा सातौंमा केतु हुन्छ । यस अवस्थामा अन्य सबै ग्रह १२, ११, १०,९ र ८ औं घरमा हुने परिस्थितिलाई वास्तविक कालसर्पयोग भनिन्छ र राहुको बाटोमा सबै ग्रह रहने हुनाले यही स्थितिलाई नै मुखगत वा ग्रस्त कालसर्पयोग पनि भन्ने गरिन्छ । माथि बताइएको स्थितिमा सबै ग्रह दृश्यभागमा रहने हुनाले यसैलाई उदित गोलाद्र्ध कालसर्पयोग पनि भन्ने प्रचलन छ । यसको ठीक विपरीत परिस्थितिलाई पृष्ठगत कालसर्प योग भनिन्छ ।

यस प्रसङ्गमा स्मरणीय छ कि कालसर्पयोगको गणना वा फलादेश गर्दा आधुनिक समयको अनुसन्धानबाट अस्तित्वमा आएका युरेनस, नेप्च्युन र प्लुटोलाई लिइएको छैन ।

Leave A Reply

Your email address will not be published.