लसुन प्याजलाई किन तामसिक भोजन मानिन्छ ?

0

लसुन र प्याजले खानाको स्वाद बढाउँछन् । तर ब्राह्मणहरू अनि जैनहरूलाई लसुन प्याज खान प्रतिबन्ध छ । यो तामसिक भोजन भएको र यसले हाम्रो प्रवृत्तिलाई खराब बनाउने तर्क दिइन्छ ।

आयुर्वेदका अनुसार, भोजनलाई तीन श्रेणीमा बाँडिएको छ ः सात्त्विक, राजसिक र तामसिक । सात्त्विक भोजन गर्दा शान्ति, संयम, पवित्रता र आनन्द जस्ता गुण विकसित हुन्छन् । राजसी भोजन लिँदा एकोहोरोपन र खुशी जस्ता गुणमा
वृद्धि हुन्छ । तामसिक भोजन गर्दा चाहिँ क्रोध, एकोहोरोपन, अहंकार र विनाश जस्ता अवगुणमा वृद्धि हुन्छ ।

दूध, घिउ, पीठो, चामल, लौका, परवर, करेला जस्ता पदार्थ सात्त्विक हुन् । मिठाइ, अमिलो, पीरो र तिक्खर स्वाद भएका खानेकुरा राजसी हुन् । लसुन, प्याज, माछामासु र अण्डा जस्ता खाद्य पदार्थ तामसिक हुन् ।

समुद्रमन्थनबाट निस्केको अमृतलाई भगवान् विष्णुले माहिनी रूप धरेर देवताहरूलाई बाँडेपछि छलपूर्वक राहु र केतु नामक राक्षसले अमृतका केही थोपा निले । भगवान् विषण्ुलाई यस छलका बारेमा थाहा भएपछि उहाँले क्रोधित भएर दुवै राक्षसको टाउको जिउबाट अलग गरिदिनुभयो ।

शिर काटिएपछि अमृतका केही थोपाजमीनमा झरे जसबाट लसुन र प्याज उब्जिए । अमृतबाट उत्पन्न भएका कारण यिनमा रोगसँग लड्न सक्ने क्षमता छ तर राक्षसको मुख परेको भएर यसमा कडा गन्ध आउँछ र यसलाई अपवित्र मानिन्छ ।

यो त भयो पौराणिक कारण । वैज्ञानिक कारणको कुरा गर्दा लसुन र प्याज दुवैको प्रकृति तातो हुन्छ अर्थात् यिनलाई खाँदा शरीरमा तातो भएर ऊर्जा उत्पन्न गर्छ । शरीर तातेर कामवासना पनि वृद्धि हुन्छ जसले गर्दा शरीर तथा मनमा
तामसिक वासना उत्पन्न हुन्छ । यसरी वासनाले ग्रस्त मनले उग्र र असामाजिक काम गराउन मानिसलाई प्रवृत्त गर्छ ।

वास्तवमा भन्नुपर्दा कुनै पनि कुरा सीमामा बसेर नै ग्रहण गर्नुपर्ने हुन्छ । धेर लसुन प्याज खाँदा खराब गर्ने हो । ठिक्क मात्रामा खाँदा भने यसले फाइदै गर्छ ।

Leave A Reply

Your email address will not be published.