वास्तुमा मांगलिक चिन्ह​को प्रयोग

0

स्वस्तिकको अर्थ

यो दुई रेखाद्वारा बनेको हुन्छ। दुवै रेखाको बिचमा समकोण स्थितिमा विभाजित गरिएको हुन्छ। दुवै रेखाको टुप्पोमा देव्रेबाट दाहिनेतर्फ समकोण बनेको रेखालाई यस प्रकारले अगाडि बढाइएको हुन्छ कि अगाडिको रेखालाई छुनु भन्दा पहिले रोकिएको हुन्छ। स्वस्तिकलाई कुनै पनि स्थितिमा राखियोस् त्यसको रचना एकै रहन्छ। स्वस्तिकको टुप्पोमा निर्मित समकोणमा बाक्लो रेखा अन्तहीन बनाइन्छ। यसको कुनै स्पर्श या सन्धि विन्दु हुँदैन​ किनभने ब्रह्माण्ड अनन्त छ। यो सृष्टिचक्रको गूढ रस्यको सूचक हो। यसमा निहित दिव्य शक्तिको कारण नै यो धार्मिक आस्थाको प्रतीक बन्न सकेको हो।

ईसाइहरुको क्रस (+) चिन्ह पनि स्वस्तिकको नै एउटा अङ्ग हो। वास्तुमा स्वस्तिक चिन्हलाई भवनको द्वारमा अङ्कित गर्नुपर्छ। आकाश देखि पृथ्वी सम्म ब्रह्माण्डको चतुर्भुजी आकार धन (+) को चिन्ह जस्तै स्वस्तिक पनि चारै दिशाको प्रतीक हो। जब यो चिन्हमा चार हात दक्षिणावर्ती भएर जोडिन्छ तब सूर्यको प्रतीक बन्छ​। किनभने सुर्योदय र सुर्यास्तको गणना पनि दक्षिणवर्ती गतिबाट थाहा पाइन्छ। स्वस्तिकको प्रयोग दिशापति देव (इन्द्र, सोम, अग्नि र वायु) को पूजा अर्चनामा गरिन्छ।

Leave A Reply

Your email address will not be published.